एनसेलको बिक्री प्रक्रिया तत्काल रोक्न उच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८०, शुक्रबार ०६:५५

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्ने आजियाटाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम ओदश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ । “जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू प्रक्रिया अघि थप प्रक्रिया अघि नबढाउनू अदालतले जारी गरेको आदेशमा भनिएको छ ।

आजियाटाले आफ्नो नाममा रहेका ८० प्रतिशत सेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको थियो । त्यसक्रममा उसले न्यूनतम मूल्य निर्धारण गरेर अर्बौंको करछली गर्ने षड्यन्त्र गरेको दाबीसहित बाजुराका गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सरकारले पनि आजै एनसेलको सेयर खरिद बिक्रीबारे सत्यतथ्य छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा समिति बनाएको हो । उक्त समितिलाई ३० दिनभित्रमा आफ्नो प्रतिवेदन पेश गर्न भनिएको छ ।

यस्तो छ अदालतको आदेश

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१