स्थानिय स्तरमा केन्द्रिय गठबन्धनको प्रभाव : नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको लाल सलामको अभिवादन

evccfn@gmail.com' rastriyakhabar
२१ मंसिर २०८०, बिहीबार २१:२२

काठमाडौं । सरकार सन्चालनगर्न बनेको केन्द्रिय स्तरको गठबन्धनको प्रवाभ स्थानिय स्तर सम्म पनि सकारात्मक बन्दै गएको देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) काठमाडौं,तार्केश्वर नगर समिति द्वारा आयोजित तारकेश्वर नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले अतिथिको रुपमा आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा ज्वःज्वःलपाः, जयनेपाल,लालसलाम भन्दै सम्बोधन गरे पछि हल पुरै तालिले गडगडाहट भएको थियो ।
मन्तव्य राख्ने क्रममा नगर प्रमुख महर्जनले तार्केश्वरमा पहिलोपटक प्रधानमन्त्रीलाई स्वागतगर्न पाउँदा आफु सारै खुसि भएको बताउँदै समुन्नत र संमृद्ध तार्केश्वर बनाउन पार्टीको कार्यकर्ता भन्दा माथि उठेर एकजुट भएर लाग्न सबैलाई आग्रह समेत गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) काठमाडौं,तार्केश्वर नगर समितिका प्रमुख जगन्नाथ राजबहाक को शभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय नेताहरु झक्कु प्रसाद सुबेदी, हिमाल शर्मा,राजन दाहाल,सरल सहयात्री,गोविन्द बटला,सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले “समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक रहेको छ । अहिले हामीलाई विचार फेरि केन्द्रित गर्ने गर्नुपर्ने भएको हो । हिजो जनवादी क्रान्तिका लागि विचार संश्लेषण गरिएको थियो । हामीले गएको केन्द्रीय समितिको बैठकमा पार्टी, नेतृत्व र विचारप्रति आम केन्द्रीय समितिमा रहनुभएका साथिहरुको बुझाई के हो भन्ने एउटा नयाँ प्रयोगपछि जन्मिएको हो यो “विशेष रुपान्तरण अभियान” । अहिले अभियान देशैभरि नयाँ प्रयोगको रुपमा अगाडि बढेको छ । ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी गरिँदैछ । भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनका लागि अभियान रोकिन्न । सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ, अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छु । यसका लागि सबैको साथ र सहयोग चाहिएको छ । नक्कली भुटानी शरणार्थी लगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको हो, नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन । पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चल्यो, सफलताको उचाइमा पुग्यो । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ” भन्नु भयो ।
कार्यक्रममा समग्र तार्केश्वर नगरपालिका भित्रको समस्या समाधानको लागि बिभिन्न चारवटा ज्ञापनपत्र समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाईएको थियो ।
माओवादी सरकारमा रहेकै अवस्थामा तार्केश्वरको मुख्य समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न सके अर्को निर्वाचनमा यहाँका आम मतदाताहरुले माओवादीलाई एक नम्बरको पार्टी बनाउन सक्ने भनेर रिपोर्टीङ भए पछि उत्साहित हुँदै प्रधानमन्त्री प्रचण्डले आजै बाट समस्या समाधानमा लाग्ने आश्वाससन समेत दिनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१