बुढानीलकण्ठ नगरपालिकामा व्यवसाय दर्ता/नविकरण सम्बन्धी सचेतना तथा विवरण सङ्कलन लागि घरदैलो अभियान सुरु भएको छ ।
प्रत्येक वडाका जनप्रतिनिधीहरु आ-आफ्नो वडाको व्यवसाय, कलकारखाना तथा उद्योगमा गई व्यवसाय दर्ता तथा नविकरणको अवस्थाबारे विवरण संकलन गरी कर र व्यवसाय दर्ताबारे सचेतनामुलक सन्देश दिईने नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिनुभयो ।
बुढानिलकण्ठ नगरपालिका राजस्व व्यवस्थापन शाखाको आयोजनामा भैरहेको सो अभियान मङ्सिर २० गते देखि पुस १३ गते सम्म संचालन हुनेछ ।
प्रतिक्रिया