न्यूरोडबाट करिब ७ किलो तस्करीको सुन बरामद, १ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८०, बुधबार १२:०६

काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।
न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्‍याङ बस्ने ४१ वर्षीय पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१