उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना, एन्जिओप्लास्ट गरियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८०, बुधबार ११:५३

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।
मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।
मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तिमा पाँच दिनसम्म अस्पतालमै राखिने भएको हो ।

मुटुमा हल्का असहज महसुस भएपछि उनी अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले जानकारी दिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१