एनसेल बिक्री प्रकरणमा बोले प्रधानमन्त्री दाहाल, अहिलेलाई यो प्रक्रिया रोकिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०८०, मंगलवार ०७:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद बिक्री प्रकरणबारे मुख खोलेका छन् । उनले नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे सरकारले थप अध्ययन गर्ने बताएका हुन् ।

सिंहदरबारमा पत्रकारहरुसँगको अन्तरक्रियाको क्रममा उनले यस्तो बताएका हुन् । यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो मात्रामा कर असुली गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले आएर किन्ने र बेच्नेको मात्र कुरा मिलेर नहुने र त्यसलाई सरकारले थप अध्ययन गर्ने प्रतिक्रिया दिए ।

उनले भने, “सरकार अध्ययन नगरी अघि बढ्दैन । कम्पनीको करिब एक सय ३० अर्बजतिको सम्पत्तिलाई पाँच छ अर्बमा बेच्न खोजिएको जस्तो सूचना हामीले पाएका छौँ । यहाँ क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन, त्यो सबै प्रक्रियामा सरकार र यसका सम्बद्ध निकाय पनि संलग्न हुनुपर्छ । अहिलेलाई म यत्ति नै भन्छु आजमात्र मुख्यसचिवसँग मैले यस विषयमा कुरा गरेको छु र अहिलेलाई यो प्रक्रिया रोकिन्छ र थप अध्ययन गरेरमात्र अघि बढिन्छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१