तारेख र धरौटीमा छोड्न आदेश दिएकाहरुलाई अख्तियार र सम्पत्ति सुद्धीकरणमा बुझाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०८०, सोमबार ०७:२०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणका आरोपितहरु शमशेर मिँया, नरेन्द्र केसी र हरिभक्त महर्जनले उच्च अदालतको आदेश बमोजिम धरौटी बुझाए पनि उनीहरु आज रिहा भएका छैनन् ।

आरोपित तीन जनालाई उच्च अदालतले धरौटीमा छोड्न गत शुक्रबार आदेश दिएको थियो । अदालतको आदेश बमोजिम उनीहरुले आज (आईतबार) धरौटीवापतको रकम केसी र मिँयाले १०/१० लाख र महर्जनले १५ लाख बुझाएपनि उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाले रिहा नगरिएको बताइएको छ ।

केन्द्रीय कारागारमा रहेका उनीहरुलाई अख्तियार र सम्पत्ति सुद्धीकरणमा बुझाउने तयारी भइरहेको बताइएको छ । आज साधारण तारेखमा अदालतले छाड्न आदेश दिएकाहरु समेत रिहा भएनन् । उनीहरुलाई समेत अख्तियार र सम्पत्ति सुद्धीकरणमा बुझाइने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१