एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलायो : पूर्व प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०८०, आईतवार ०६:५६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा भ्रष्टाचार मौलाएको दाबी गरेका छन् । उनले अहिले देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको आरोप लगाए ।

महाकाली–मेची अभियानअन्तर्गत अछामको चौखुट्ट चौरपाटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने–‘म एमालेका नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु, अहिले पनि अरू पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ ।’

ओलीले अहिलेको गठबन्धनको कारण देश ओरालो लागेको पनि टिप्पणी पनि गरे । उनले भने-“देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ । सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरू कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।”

सो क्रममा उनले एमालेले मुलुक समृद्ध बनाउने राष्ट्रिय संकल्प लिएको भन्दै अब पूरा गरेर छाड्ने बताए । नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिव रहन सक्ने देश नभएको सुनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१