पेट्रोलियम पदार्थको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८०, शुक्रबार ०६:३९

काठमाडौं।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले ग्यासको भाउ यथावत राखेको छ। एलपी ग्यासको मूल्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१