८० हजार घुससहित बुढानिलकण्ठका सवइन्जिनियर पक्राउ सवइन्जिनियर टिकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८०, शुक्रबार ०६:२८

काठमाडौं ।  काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सवइन्जिनियर टिकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१