यस्ता हुन्छन् मिर्गौला बिग्रिन लागेका संकेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०८०, बिहीबार ०७:१९

काठमाडौँ । हाम्रो शरीरको सानो अंग हो मिर्गौला । तर हाम्रो समग्र स्वास्थ्यमा यसको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । यसले हरेक ३० मिनेटमा आधा कप रगत फिल्टर गर्छ ।

शरीरमा भएका फोहोर पदार्थ, टक्सिन र अतिरिक्त फ्लुइडलाई बाहिर निकाल्ने काम गर्छ । कोशमा उत्पादन भएका एसिडलाई हटाउने र रगतमा पानी, नुन र खनिज तत्त्वबिच स्वस्थ सन्तुलन कायम गर्ने काम पनि यसैले गर्छ । पछिल्लो समय विश्वभर क्रनिक किड्नी डिजिजका बिरामीको संख्या बढिरहेको छ ।

मिर्गौलामा कुनै असमान्यता देखियो वा थोरै मात्रै पनि क्षति भएको छ भने त्यसलाई डाक्टरहरुले क्रनिक भनेर भन्ने गरेका छन् । क्रनिकको अर्थ पूरै निको नहुने भन्ने हो । केहीलाई क्रनिकको अर्थ गम्भीर भन्ने लागेको हुन सक्छ । थोरै मात्रै असमान्यता देखिनुलाई पनि क्रनिक नै भनिन्छ ।

मृगौलासम्बन्धी रोगको मुख्य कारण के हो ?

दुबै मिर्गौला पूरै बिग्रिएर रगत छान्न नसकेपछि क्रनिक डिजिजको समस्या देखिन्छ । मिर्गौलाले सही तरिकाले काम गर्न नसक्दा शरीरमा फ्लुइड र फोहोरको मात्रा निकै बढ्छ । यसका कारण मुटु र स्ट्रोकको समस्या देखिन सक्छ । क्रनिक किड्नी डिजिजका कारण मधुमेह, उच्च रक्तचाप, मुटुको रोग र मोटोपनाको समस्या पनि निम्तिन सक्छ ।

साइलेन्ट किलर

मिर्गौलाको रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । शुरुआती चरणमा यसको कुनै पनि लक्षण देखिन्न । समस्या विस्तारै विस्तारै शरीर भित्र बढ्दै जान्छ । रोग पत्ता लगाउन लगातार रगत र पिसाबको परीक्षण गर्नुपर्छ । तपाईलाई उच्च रक्तचाप वा मधुमेह छ भने लगातार रगत र पिसाबको जाँच गराउनुस् ताकि मिर्गौलामा लाग्ने रोगलाई बढ्नबाट रोक्न सकियोस् ।

रोगका संकेत

मिर्गौलामा रोग लागेर समस्या बढेपछि भने शरीरमा पनि यसका केही संकेत देखिन थाल्छ । तौल घट्दै जान्छ । भोक पनि कम लाग्छ । घुँडा सुन्नि थाल्छ । सास फेर्नमा समस्या हुन्छ । थकान महसुस भइरहन्छ । पिसाबमा रगत देखिन थाल्छ । लगातार टाउको दुखिरहन्छ ।

अन्य चुनौतीहरु

क्रनिक किड्नी डिजजका कारण अन्य समस्याहरु पनि आउँछ । रक्तअल्पता हुन्छ । छिट्टै संक्रमण भइहाल्छ । शरीरमा क्याल्शियमको स्तर कम हुन्छ । पोटाशियम र फोस्फोरसको स्तर बढ्छ ।

कसरी बच्ने ?

मिर्गौलाको रोगबाट बच्न केही कुरामा विशेष ध्यान दिनुपर्छ । तपाईँको तौल धेरै छ भने तौल कम गर्नुस् । सक्रिय रहनुस् । शारीरिक गतिविधिहरुले रगतमा चिनीको स्तर कम गर्न सघाउँछ । नियमित रुपमा व्यायाम गर्नुस् । धुम्रपान त्याग्नुस् । मिर्गौलाको अवस्था कस्तो छ भने नियमित रुपमा चेकजाँच गराउनुस् । रक्तचाप नियन्त्रित राख्नुस् । नुन कम भएको खानेकुरा खानुस् । पर्याप्त मात्रामा फलफूल र हरियो सागसब्जी, तरकारी खानुस् । रगत र पिसाबको नियमित जाँच गराउनुस् । स्वस्थ जीवनशैली अपनाउनुस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१