नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०८०, बिहीबार ०६:५६

काठमाडौं। नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका( ८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता भएको हो ।

यसअघि गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समलिङ्गी विवाह दर्ता गर्न मिल्ने या नमिल्ने भनेर राय मागेको थियो । विभागले समलिङ्गी विवाह दर्ता गरिदिन राय दिएसँगै गाउँपालिकाले विवाह दर्ता गरी प्रमाणपत्र दिएको हो । विभागले गाउँपालिकालाई अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरी प्रमाणपत्र दिन भनेको हो ।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरूङ भन्ने संजिव गुरूङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो।

राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१