कांग्रेस सभापति देउवाले हिन्दुराष्ट्र चाहेकै हुन् त ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०८०, बिहीबार ०६:५५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु राष्ट्रको सन्दर्भमा विचार गर्न सकिन्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट बहस हुन थालेको छ । देउवाले केही दिन अघि नवलपुरमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै धर्मनिरपेक्षताको बारेमा पार्टीमा बहस चलाउन सकिएपनि गणतन्त्रको विकल्प नभएको बताएका थिए ।

देउवाको उक्त अभिव्यक्तिबाट सत्ता गठबन्धन दलहरु झस्किएका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दलका सभापतिबाटै संविधान विरोधी अभिव्यक्ति आएकाले सचेत रहन पर्ने अन्य दलहरुको धारणा छ ।

यसो त कांग्रेसका अन्य धेरै नेताहरुले पनि हिन्दुराष्ट्र पक्षमा वकालत गर्दै आएका छन् । शशांक कोईराला, शंकर भण्डारी, भीम पराजुली लगायतका कांग्रेस नेताहरुले समेत हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवाको उक्त अभिव्यक्तिको आशय हिन्दु राष्ट्र हुनुपर्छ भन्ने नभएको दाबी गरेका छन् । आज (बुधबार) पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकबाट बाहिरिने क्रममा नेता विश्वकर्माले कांग्रेस संविधान र संविधान कार्यान्वयनको पक्षमा पूर्ण इमानदार रहेको बताए । देउवाले धर्मावलम्बीहरुको भावनालाई सम्मान गरेको उनको दाबी छ ।

‘पार्टी सभापतिज्यू यो संविधान कार्यान्वयनका बारेमा र संविधानको पक्षमा, विशेषतः वृहत शान्ति सम्झौता, १२ बुँदे समझदारी गर्नेहरु र संविधान जारी गर्नेहरुको पक्षमा एकमत छौं हामी । हाम्रो नेतृत्वमा जारी गरेको संविधानलाई नै प्रश्न हुनेगरीको अभिव्यक्ति सभापतिज्यूको आशय होईन । धार्मिक क्षेत्रमा पुगिसकेको पछि धर्मावलम्बीहरु हुन्छन् ।’ उनले भने, ‘उनीहरुको भावनालाई सम्बोधन गर्दाखेरी जे प्रश्नहरु बाहिर उठेका छन् । त्यसका बारेमा छलफल गर्न सकिन्छ भनेर सभापतिले दिएको जवाफ आज त्यो विषय उठेन । संविधानका बारेमा नेपाली कांग्रेस स्पष्ट छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१