बुढानीलकण्ठ नगरपालिकामा नगर प्रहरी पदमा जागिरको अवसर,मंसिर मसान्तसम्म दरखास्त फाराम भरी बुझाउन सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८०, बुधबार ०७:२६

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकामा नगर प्रहरी पदमा जागिर खुलेको छ । नगरपालिकाले मिति २०८०/०८/१२ गते सुचना जारी गर्दै नगर प्रहरी (तह विहीन) पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारको माध्यमबाट पदपूर्ति गर्ने जानकारी दिएको छ ।
उक्त पदको लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको हुनाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात मंसिर मसान्तसम्म दरखास्त फाराम भरी बुझाउन सकिने छ ।

थप जानकारीका लागि:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१