स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. गोविन्द केसीको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार १३:३२

काठमाडौँ । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

डा. केसीले पद सम्हालेयता स्वास्थ्यमन्त्रीले मर्यादा विपरितका क्रियाकलाप गर्दै आएको आरोप लगाउँदैं मन्त्रीले माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आइरहेको बताएका छन् । यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा. केसीले लगाएका छन्।

शनिवार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी ठिक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए । स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा. केसीले आइतबार विज्ञप्ति मार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१