सरकारको असफलताको कारण मुलुकमा अराजकता बढ्यो: पूर्व मन्त्री ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार ०८:२७

धनगढी । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरूप देश अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको जिकिर गरे ।

नेता ढकालले सीमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मूकदर्शक रहेको बताए। देश भित्रै रोजगारी सृजना गरेर युवाहरूलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रवैयाको कारण युवाहरू विदेशिने संख्या बढ्दै गएको उल्लेख गरे। नेता ढकालले अन्तर्राष्ट्रिय मञ्च हरूमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाउन कुनै पहलकदमी नलिएको प्रति चिन्ता व्यक्त गरे।

ढकालले देशमा नैतिकताको खडेरी परेको बताउँदै असल आचरण र दुरदृष्टिभएका नेताहरूको पहिचान गरी समर्थन गर्न पनि आग्रह गरे। प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले अब संसद् र सडक दुवै ठाउँबाट सरकारलाई थप सचेत बनाउने र नसच्चिए विकल्पको खोजी गर्नु पर्ने धारणा राखे।
जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकार लाइ एक मिनेट पनि सत्तामा बस्ने नैतिक अधिकार हुँदैन भन्दै अब पूर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण मधेस सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नुपर्ने उनको भनाई छ।
उनले सामाजिक सद्भाव बिथोल्ने, नेपाली बिच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्त्वहरूलाई देश व्यापी रूपमा बहिस्कार गर्नु पर्ने बताए।

ढकालले नेपालको आर्थिक विकासको लागि कृषिमा आधुनिकीकरण र पर्यटनको विकासको गुरु योजना आवश्यक रहेको समेत बताए। ढकालले नेपाललाई आर्गानिक स्टेट को रूपमा विकास गरी सिङ्गो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिपोर्टको रूपमा विकास गर्न बृहत्तर राजनैतिक सहमति आवश्यक रहेको समेत धारणा व्यक्त गरे ।

पुनर्वास नगरपालिका वडा नम्बर ८ का सबै निर्वाचित प्रतिनिधि नेपाल परिवार दलमा प्रवेश

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ८ का सम्पुण निर्वाचित जनप्रतिनिधिहरू नेपाल परिवार दलमा प्रवेश गरेका छन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले उनीहरूलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। नेता ढकालले स्थानीय विकासमा आफूले समेत पहल गर्ने बताए।

परिवार दलमा प्रवेश गर्नेमा वडा अध्यक्ष राना श्रवण र वडा सदस्यहरू दिनेश मल्ल दुलेराम राना, देवी कार्की , लक्ष्मी सुनार छन्। त्यसै गरी गत प्रतिनिधि सभामा कञ्चनपुर ९३ वाट स्वतन्त्र उम्मेदवार रहेका पुराना काँग्रेस सदस्य मदन नेपाली लगायत साथै विभिन्न राजनैतिक दल परित्याग गरी २०० जना भन्दा बढीले नेपाल परिवार दलमा प्रवेश गरेका छन्। सबैलाई अध्यक्ष ढकालले सदस्यता तथा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१