ऐँठन के हो ? किन हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार ०६:५२

निद्राकाे समयमा शरीरमा गह्रौँ वस्तुले थिचेजस्तो महसुस हुनुलाई साधारण बोलीचालीको भाषामा ऐँठन भनिन्छ ।

अर्थात निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट वा छटपटीलाई ऐँठन भनिन्छ ।

विशेष गरी उत्तानो परेर सुतेको समयमा ऐँठन हुने गर्छ । ऐँठन भएको बेलामा कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समाते जस्तो, छातीमा कोही बसे जस्तो हुन्छ त्यसको प्रतिकार गर्न खोज्दा हात खुट्टा नचल्ने र आवाज पनि नआउने हुन्छ ।

चिकित्सकीय भाषामा शरीरमा अक्सिजनको मात्रा कम हुँदा अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नशालु पदार्थ खाएर सुत्दा ऐँठन हुने सम्भावना बढी हुन्छ ।

यस्तो समस्यालाई ‘स्लिपिङ प्यारालाइसिस’ भनिने चिकित्सकहरू बताउँछन् । यस्तो बेलामा निसास्सिने, पसिना आउने हुन्छ ।

यो समस्या समाधानका लागि मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने वा निद्रालाई बाधा पुग्ने कामहरू गर्नु हुँदैन ।

सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । यसका साथै सुत्ने ओछ्‌यान पनि सहज हुनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१