सरकारले राम्रो काम गर्न नसकेकाले अराजकता बढ्यो : अध्यक्ष ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार ०६:५१

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका छन् ।

नेपाल संवत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका हुन् ।

उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सरकारले गरेको गल्तीको भागिदार सरकारमा रहेका दलहरु नै हुने उनले बताए । अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे । देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरे ।

उनले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले जनतालाई जात धर्मको नाममा विभाजित गर्ने प्रयास गरेर अहिले देशकाविरुद्ध षडयन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपङ्क्तिमा उभिएर लड्न तयार रहेको जिकिर गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१