कपन ह्यान्डबल-अधिकारी मोड सडक कालोपत्रे सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८०, शनिबार ०७:५०

काठमाण्डौ । कपन क्षेत्रको महत्वपूर्ण सडकका रुपमा रहेको कपन ह्यान्डबल अधिकारी मोड सडक कालोपत्रे सम्पन्न  भएको छ। लामो समयदेखि निर्माणाधीन रहेको सो सडकको मुख्य अंशका रुपमा रहेको ह्यान्डबल मैदान क्षेत्रबाट कालोपत्रे सम्पन्न भएको हो। वडा नं १० ,११ र १२ रहेको कपन क्षेत्रको मुख्य सडक लामो समय देखि निर्माण सम्पन्न नहुदा स्थानीयहरुले निकै समस्या भोग्दै आएको भन्दै विभिन्न सांकेतिक विरोध समेत भएको थियो। वर्षातमा हिलो र हिउँदमा धुलोका कारण निकै सास्ती खेप्नु परेका स्थानीयहरुले सडक कालोपत्रे संगै राहत महसुस गरेका छन भने यातायात संचालनमा पनि सहयोग पुग्ने देखिन्छ। सो सडक कालोपत्रेको निरीक्षणमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का वडा सदस्य शर्मिला गौतम लगायतको उपस्थिति समेत रहेको थियो।

सायद लाइटिङ, मार्ग  र कुहिरो को फोटो हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१