प्रचण्डलाई सिंहदरबारबाट गलहत्याउने महेश बस्नेतको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८०, शुक्रबार ०६:५४

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सच्चिन आग्रह गरेका छन् ।

बिहीबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदरबारबाट गलहत्याएर निकालिदिने चेतावनीसमेत दिएका छन् ।

“प्रधानमन्त्रीलाई चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुस्,” बस्नेतले भने, “तपाईं सच्चिनु भएन भने सिंहदरबारबाट निकाल्छौँ ।”

उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१