दुर्गा प्रसाईँको हिंसात्मक निर्देशनः ‘नेताहरुलाई जहाँ भेटिन्छ त्यही भकुर्नु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८०, शुक्रबार ०६:५०

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आत्मसमर्पण गर्नका लागि आह्वान गरेका छन् ।

बल्खुमा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै उनले यो व्यवस्था असफल भएको भन्दै अब जनतालाई जिम्मा लगाउन भनेका हुन् ।

‘म प्रचण्डजी अहिलेको प्रधानमन्त्रीज्यूलाई म राम्रोसँग चिन्छु । २० वर्ष काम गरेको, म उहाँलाई के भन्छु भने तपाई सरेन्डर गर्नुस् । जनतासँग आउनुस् । जनतालाई जिम्मा लगाउनुस् । अब तपाईँहरुले सक्नुभएन,’– उनले भने ।

साथै, उनले भोलिदेखि नेताहरुलाई जहाँ भेट्यो त्यही भौतिक आक्रमण गर्न पनि आफ्ना समर्थकहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१