सिंहदरबारमा नयाँ अफिसमा सरेपछि प्रधानमन्त्री प्रचण्डले भने–यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महशुस गरेको छु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ मंसिर २०८०, बिहीबार ०७:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारमै पछिल्लो भागबाट अघिल्लो भागमा सरेर आजबाट काम थालेका छन् । उनले नयाँ अफिसमा काम थालेसँगै ठाउँमात्र सारिएको नभएर कामको प्रकृति र गुणपनि नयाँ ढंगले जाने संकल्पनि रहेको आफूले महशुस गरेको जनाएका छन् ।

उनले भने,‘ हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौं । यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको मैले महशुस गरेको छु । १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निमाण भएको छ । भूकम्पबाट क्षति भएको यस भवनको रेट्रोफिटिङको काम पनि पुरा भएको छ । हामी पछाडिबाट अगाडि आएका हौं । मलाई अहिले भैरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नुका साथै त्यति ताजकी महशुस नभए जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा चैं अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महशुस गरेको छु ।’

उनले यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनर्निर्माणमा सहयोग गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद पनि ज्ञापन गरेका छन् । उनले भने,‘नयाँ शुभारम्भ भएको छ । र, नयाँ शुभारम्भले नयाँ गति पक्डिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१