विचार के हो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८०, सोमबार १५:३७

विचारको केन्द्र मस्तिष्क हो । दिमागमा हुने जानकारी र त्यसको प्रसोधनबाट बिचार पैदा हुन्छ । विचारले बौद्धिकताको परिचय दिन्छ । उत्तम बिचारले उच्च बौद्धिकतालाई जनाउँछ । हामीले निर्माण गरेको बिचारले हाम्रो स्तर निर्धारण गर्छ । औकात देखाउँछ । हामीले निर्माण गरेको बिचार बलवान् हुन्छ । विचारको बलमा नै जीवनको गन्तव्य तय हुन्छ । हामी बिचार निर्माण गर्छौ र उत्तम बिचार छनोट गरेर रमाउछौँ ।

नेपाली उखान नै छ-जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तै तन । अन्न अनुसार सोच हुन्छ । यसवाट एउटा प्रश्न सिर्जित हुन्छ-महान सोचको लागि कस्तो अन्न खाने?खोजी गरौं।यो बिचार र खोजको समय हो ।

यो बिचार, तर्क र प्रमाणको युग हो । उत्तम बिचार, गहन तर्क र बास्तबिक प्रमाणले सारा कुराको निर्धारण र आधार प्रदान गर्दछ ।

प्राचीन भनाइ नै छ – `सोच,एकबर्षे राख्नुहुन्छ भने, फूलका बिरुवा रोप्न्नुहोस । सोच दस बर्षे लिनुभएको छ भने,रुख रोप्नुहोस । सोच, अनन्तकालकै छ भने, मान्छेमा अनन्तता रोप्नुहोस ।´ हो, सोचाइ अनुसारको कर्म र कर्म अनुसारको सोचाइ हुन्छ ।

रेने डेकर्टस भन्छ्न-“म सोच्छु, त्यसैले म छु ।”

अस्तित्वको लागि सोच जरुरी छ । इल्नोर रुजवेल्ट भन्छ्न-“महान दिमागहरु बिचारको छलफल गर्छ्न्,मध्यम दिमागहरु घटनाहरूको छ्लफल गर्छ्न् र सानो दिमागहरु मानिसको बारेमा छलफल गर्छ्न् ।” महान दिमागहरुले नै महान बिचारक जन्माउँछ्न् ।

सोक्रेटस भन्छ्न्-” म केही जाँन्दिन भन्ने मलाई मात्र थाहा छ ।” के सोच्ने? के नसोच्ने ? यो दिमागी क्रियामा भर पर्छ । कतिपय बिचारकहरुका बिचार समय सन्दर्भसंगै हराएर जान्छ्न् तर कतिपय बिचार कालजयी हुन्छ्न् । बिचारको खोक्रो पनवाट अलग्गिने कि पछि लाग्ने हो ? अरुको बिचारको पछि लाग्ने कि आफै बिचार निर्माण गरेर अघि बढ्ने हो । त्यो तपाईको बिचार तर मलाई आफ्नो बिचार निर्माण गरि त्यही अनुसार हिड्न मन पर्छ।बिचारका निर्माण र तरिकाहरु छ्न् । बिचारको सवालमा अरुका पनि बिचारहरु हेरौँ ।

अभ्यासले हामीलाई बिचारवान बनाउँछ।बिचार त फगत बिचार मात्र हुदैन् । बिचार त पदार्थ, शक्ति र बिज्ञान बन्छ । त्यसैले माइक डुले भन्छ्न्-“बिचार नै बस्तु बन्छ ।” हामी हाम्रो सोचको प्रतिबिम्ब हौँ । “हामी हाम्रो सोचको उत्पादन हौँ” स्कट वयभ्स भन्छ्न् । अझ जेम्सले त `मानिसका कार्यहरु बिचारको उत्तम ब्याख्याताहरु हुन्´ भनेका छ्न् । त्यस्तै मार्कुस औरेलिउसले `बिचारको गुणस्तरले जीवनको खुशी निर्धारण गर्ने´ कुरा बताएका छ्न् । त्यस्तै `बिचार बदल, संसार बदलिन्छ´ भनेर नोरम्यान भिसेन्ट पेले भन्छ्न् ।

धीरुभाई अम्बानी भन्छ्न्-“ठूला कुरा सोच्नुहोस, तेज सोच्नुहोस, अरुभन्दा पहिला सोच्नुहोस ! बिचारमाथि कसैको एकाधिकार छैन् ।” हो, मानिसले पाएको स्वतन्त्र नै यहि त हो ।

खप्तड बाबा भन्छ्न्- ” बिचार बाण सरह हुन्छ ।” हो, जसरी वाण तीरबाट छुटेपछी फर्काउन सकिँदैन त्यस्तै बिचारलाई पनि फर्काउन सकिँदैन ।

सोच अत्यान्तै शक्तिशाली हुन्छ र त्यसले गर्ने कार्य पनि।अल्बर्ट आइनस्टाइनले भनेका छन-” हामीले सृष्टि गरेको संसार हाम्रो सोचको प्रक्रिया हो । हाम्रो सोचाइ नबदलेसम्म यो परिवर्तन हुदैन् ।” सोचबाट नै परिवर्तनको शुरूवात हुने हो ।

स्वामी बिबेकानन्द भन्छ्न्-” हामीलाई हाम्रो बिचारले बनाउँछ।त्यसैले के सोच्छौ बिचार गर । शब्दहरु गौण हुन्।बिचारहरु प्रत्यक्ष हुन्छन् । तिनिहरुले लामो यात्रा गर्छ्न् ।” स्वामी विवेकानन्दले फेरी यसो पनि भनेका छन्- “एउटा मानिस, जसले आफूलाई सधैं कमजोर ठान्छ भने ऊ कदापि निडर बन्न सक्दैन तर एउटा मानिस, जसले आफूलाई सधैं सिंहजस्तो ठान्छ भने उसले पिँजडाको सिंहझैं गर्जाहटको साथमा सांसारिक जाललाई तोडेर संर्घषको मैदानमा उत्रिन्छ ।” यसरी बलवान् बिचारको परिणाम बलवान् नै हुन्छ ।

शुद्ध बिचारले कार्यको लागि प्रेरित मात्र गर्दैन कार्य सिद्दी तर्फ उत्पेरित गर्छ । निर्देशित गर्छ । खप्तड बाबा आफ्नो पुस्तक बिचार बिज्ञानमा लेख्नुहुन्छ-“यादृशी भावना यस्य सिद्धि र्भवति तादृशी । त्यसको लागि यत्न गर । त्यसमाथि विचार गर, यत्न गर, काम गर, तत्पर होऊ, आशा राख, तिम्रो इच्छा–पूर्ति शीघ्र हुन्छ । जति शीघ्रता र निश्चयले मन त्यसमा लाग्नेछ, उति नै शीघ्रतासाथ कार्य सिद्धि हुनेछ, यसमा किञ्चित पनि सन्देह छैन । गरेर हेर । जो आत्मविजय गर्दछ, उसलाई सर्ववस्तु सुलभ हुन जान्छ । उद्योगी मनुष्यलाई अवसरको कमी हुँदैन ।

सोचको प्रकार (Types of thought)

सोच भनेको संज्ञानात्मक गतिविधि हो । सूचनाको प्रशोधन गर्न, समस्या समाधान गर्न, निर्णय लिन, र नयाँ विचारहरू सिर्जना गर्न सोचको प्रयोग गरिन्छ । सोच्ने सीपहरूको बिकास र प्रयोग गर्न: अनुभवहरू बुझ्ने, जानकारी व्यवस्थित गर्ने, सम्बन्धहरु बनाउने, प्रश्नहरू सोध्ने, योजनाहरू बनाउँने वा के गर्ने भनेर निर्णय लिनुपर्ने हुन्छ। हेनरी फोर्ड भन्छ्न्-” सोच्नु दुनियाँकै सबैभन्दा गाह्रो काम हो शायद यसैकारण एकदमै थोरै मानिस यो काम गर्छ्न् ।”

यहाँ बिभिन्न प्रकारका सोचाई वा सोच्ने तरिकाहरू छन् । तिनीहरु क्रमशः व्याख्या गरिएको छ ।

१. रचनात्मक सोच

रचनात्मक सोचले स्थापित विचार, सिद्धान्त, नियम, र प्रक्रियाहरू तोडेर नयाँ र नवीन विचारहरूको कल्पना गर्ने क्षमतालाई जनाउँछ । यसले चीजहरूलाई नयाँ र कल्पनाशील तरिकाले सोचेर बिचार निर्माण गर्दछ । रचनात्मक सोच अक्सर “बक्स बाहिर सोच्ने” को रूपमा हुन्छ । यो सोच बिकास गर्न त्यति सजिलो छैन् ।

सिर्जनाको लागि भैरहेका बिधिहरुले काम दिदैनन् । रहस्यको खोजी गर्नु पर्छ । आत्मज्ञानबाट सिर्जना फूर्छ। रहस्य नै सिजनात्मकताको हृदय हो । सिर्जनशिल दिमाग एक अलग खालको फैलावट हो । त्यसको अलग्गै प्रक्रिया हुन्छ ।

यसको उदाहरणमा हत्या र हिंसा बिहिन समाज निर्माण । आत्मनिर्भर र प्राकृतिक जीवनशैलीको अभ्यास । पानीबाट चल्ने मोटरको निर्माण र प्रयोग । पूर्ण रुपमा निको हुने एचआईभी एडसको औषधि कार्वनडाइअक्साइडको उपयोग गरि धेरै मात्रामा किर्तिम तरिकाले अक्सिजन निर्माण कसरी गर्ने आदि ।

२.विश्लेषणात्मक सोच

विश्लेषणात्मक सोच बिषयको भागहरू र तिनीहरूको सम्बन्धहरू परीक्षण गर्न क्रममा सम्पूर्णलाई यसको आधारभूत भागहरूमा छुट्याउने क्षमतालाई जनाउँछ । यसमा सूचनाहरूको एक ठूलो प्रणाली यसको भागहरूमा विभाजन गर्न तार्किक, चरण-देखि-चरणको क्रममा सोच्नु पर्ने कुरा समावेश हुन्छ ।

अर्को शब्दमा विश्लेषणात्मक सोच दृश्य सोचको एक महत्वपूर्ण घटक हो जसले समस्याहरूको छिटो र प्रभावकारी रूपमा समाधान गर्ने एक क्षमता प्रदान गर्दछ । यो सोचको लागी एक चरणबद्द दृष्टिकोण समावेश हुन्छ जसले जटिल समस्याहरुलाई एकल र प्रबन्ध योग्य तत्वमा विभाजित गर्न अनुमति दिन्छ ।

यसको उदाहरणमा नेपालीहरूको बर्तवान जीवनशैलीको लेखाजोखा गर्नु,जीवनको उपलब्धिहरुको मुल्यांकन गर्नु आदि ।

३.आलोचनात्मक सोच

आलोचनात्मक सोच भनेको के गर्ने वा के विश्वास गर्ने भन्ने बारे स्पष्ट र तर्कसंगत सोच्न क्षमता हो । यसमा चिन्तनशील र स्वतन्त्र सोचमा संलग्न हुने क्षमता समावेश छ ।

आलोचनात्मक सोचले कुनै चीजको प्रामाणिकता, शुद्धता, मूल्य, मान्यता, वा मूल्य निर्धारण गर्न सावधानीपूर्वक मूल्याङकन वा निर्णय गर्ने क्षमतालाई जनाउँछ । सटीक, उद्देश्य विश्लेषणका साथै आलोचनात्मक सोचमा संश्लेषण, मूल्यांकन, परावर्तन र पुनर्निर्माण पनि समावेश हुन्छ । प्राप्त सूचनालाई आलोचनात्मक सोचले अन्य तत्वहरूको अन्वेषण गर्न समेत उपयोग गर्दछ जसले निष्कर्षमा प्रभाव पार्न सक्छ ।

आलोचनात्मक सोच सीप भएकाले तपसिलको कार्य गर्न सक्षम हुन्छ्न्:

बिचारहरु बिचको तार्किक संजाल बुझ्न,

तर्कमा भएको सामान्य गल्ती र अबिस्वास्नियता पत्तालगाउन,
तर्कको पहिचान, निर्माण र मुल्यांकन गर्न,
ब्यवस्थित तरिकाले समस्याको समाधान गर्न,
बिचारहरुको सान्दर्भिकता र महत्वको पहिचान गर्न र
आफ्नो बिश्वास र मुल्यको पुष्ट्याइको प्रतिबिम्बन गर्न ।

बास्तवमा आलोचकहरुले आफूले जानेको कुराबाट परिणामहरू घटाउन सक्षम हुन्छन् । समस्याहरूको समाधानका लागि सूचनाको उपयोग कसरी गर्ने भन्ने जान्दछ्न् । र आफैंलाई सूचित गर्न सूचनाको सान्दर्भिक स्रोतहरू समेत खोज्न जान्दछन ।

यसको उदाहरणमा नेपालका बिकासका कार्यक्रमको समिक्षा गर्नु । स्मार्ट फोनको सान्दर्भिकता केलाउनु आदि ।

४.ठोस सोच

ठोस सोच शाब्दिक सोच हो जुन भौतिक संसारमा केन्द्रित छ । यो अमूर्त सोचको विपरित हो ।

ठोस सोचमा संलग्न व्यक्तिहरू यहाँ र अहिलेको तथ्यहरू, भौतिक वस्तुहरू, र शाब्दिक परिभाषाहरूमा केन्द्रित छन् ।

यसले बुझ्ने क्षमता र वास्तविक ज्ञान लागू गर्ने क्षमतालाई जनाउँछ। यसले आधारभूत तहका बालकहरुमा धारणा बनाउँन सघाउँछ । सामान्य अवधारणाको सैद्धांतिक प्रतिनिधित्वको रूपमा यसले वस्तुहरू वा विचारहरूलाई विशिष्ट वस्तुहरूको रूपमा सोच्छ । यसले केवल सतहमा सोच्ने, सँधै शाब्दिक,सामान्य र आधारभूत धारणा बनाउँन मद्धत गर्छ ।
यसको उदाहरणमा प्रवेग र बलको सम्बन्ध कस्तो छ ? गुरुत्व बल भनेको के हो ? जन्मेपछी अन्त्यमा के हुन्छ ? आदि ।

५.अमूर्त चिन्तन

अमूर्त चिन्तन भनेको वस्तुहरू, सिद्धान्तहरू र शारीरिक रूपमा उपस्थित नभएको विचारहरूको बारेमा सोच्ने क्षमता हो । यो मुर्त सोचको ठिक बिपरित हो । यो प्रतीकात्मक सोच संग सम्बन्धित छ, जसले वस्तु वा विचारको लागि प्रतिस्थापन प्रतिकको प्रयोग गर्दछ ।

यसले सामान्यिकरणहरू बनाउने र बुझ्ने संकल्पहरू प्रयोग गर्ने क्षमतालाई जनाउँछ । त्यसपछी तिनीहरुलाई अन्य बिषय,घटना र अनुभव सँग संवन्धित गरिन्छ।यसले लुकेको अर्थ तर्फ ध्यान दिन्छ । जसले सिद्धान्त र संभावनालाई अबलोकन गर्न र बुझ्न अनुमती दिन्छ ।

यसको उदाहरणमा आकाश र धर्तिको सम्बन्धमा के प्रेमको भुमिका छ ? आमाबाबुको छोराछोरीलाई कति प्रेम हुन्छ । जीवन भनेको के हो ? आदि ।

६.विभिन्न सोच (Divergent thinking)

डायभर्जेन्ट सोच एक सोच प्रक्रिया वा विधि हो । जुन धेरै सम्भावित समाधानहरू अन्वेषण गरेर रचनात्मक विचारहरू उत्पन्न गर्न प्रयोग गरिन्छ । यो सामान्यतया एक सहज, स्वतन्त्र प्रवाह, गैर-रेखीय ढंगमा देखा पर्दछ। धेरै सम्भावित समाधानहरू थोरै समयको लागि खोजी गरिन्छ । यसमा अप्रत्याशित सम्बन्धहरु खोजी गरिन्छ ।

कुनै पनि कार्यको एउटा प्रयास स्वरुप थुप्रै सम्भावित समाधानको खोजी गरि रचनात्मक बिचार उत्पादन गर्ने क्षमतालाई डाइभर्जेन्ट सोचले जनाउँछ । यसमा तर्क र ज्ञान समावेस गरि समस्या समाधान गर्न वा निर्णय गर्न विभिन्न श्रोतबाट ल्याइएका तथ्य र तथ्यांकहरु समाबेस गरिन्छ । यो सोच एक सामान्य बिन्दुबाट सुरू हुन्छ र विभिन्न पक्षहरू र दृष्टिकोणमा सामेल गर्न दिशा बदल्दै अगाडि बढ्छ ।

यसको उदाहरणमा गरिबका कारणहरु के के हुन सक्छ्न्।किन महिलाहरु आजसम्म पछी परेका छ्न् । आदि ।

७. केन्द्रीकृत सोच

कुनै समस्याको एकल, राम्रोसँग स्थापित उत्तरको साथ आउन केन्द्रित हुने सोचको एक प्रकार केन्द्रीकृत सोच हो । यो एकल उत्तम, वा प्राय: एक प्रश्नको सही उत्तर लाई व्युत्पन्नतर्फ उन्मुख छ । केन्द्रीकृत सोचले गति, सटीकता, र तर्कलाई जोड दिन्छ र परिचित, पुन: लागू गर्ने प्रविधि, र भण्डार गरिएको जानकारी जम्मा गर्न मा ध्यान केन्द्रित गर्दछ ।

यस्तो सोचले एकल उत्तर फेला पार्न केही संगठित, तार्किक ढंगमा विषयको विभिन्न टुक्राहरू वा दृष्टिकोण राख्ने क्षमतालाई बुझाउँछ । यसले बहु समाधानहरूको प्रस्तावको सट्टा समाधानहरूको सीमित संख्यामा ध्यान केन्द्रित गर्दछ ।

प्रकाशषश्लेषण क्रियाको शुत्र के हो? भन्ने सोच केन्द्रीकृत सोचको उदाहरण हो।

यसको उदाहरणमा नेपालको बिकास नहुनुको एकमात्र प्रमुख कारण कुन हो । के गर्यो भने सामुदायिक बिद्यालयको पढाईको स्थिमा सुधार हुन्छ । आदि ।

८.अनुक्रमिक (रेखीय) सोच

रैखिक सोच यस्तो सोच्ने तरिका हो जसमा हामी विचार वा प्रक्रियालाई एक बिन्दुबाट शुरू गर्ने,जोडिएको चरणहरूको श्रृंखला पछ्याउँने, र एक विन्दुमा समाप्त हुने विचार गर्दछौं । यो विचारको स्कूल हो जहाँ चीजहरूलाई अनुक्रमको रूपमा हेरिन्छ । तसर्थ, रैखिक सोचलाई अनुक्रमिक सोच पनि भनिन्छ ।

रेखिय सोचले तोकिएको ढाँचामा सूचनाको क्रमिक प्रक्रियाको क्षमतालाई जनाउँछ।यसमा चरणबद्ध प्रगति हुन्छ जहाँ अर्को चरण लिनु अघि एक चरणको प्रतिक्रिया प्राप्त गर्नुपर्दछ। रेखिय सोचको शुरु,विश्लेषण,योजना गर्ने,गर्नु,फेरि गर्नु, जारी राख्ने रेखिय क्रम अनुसार काम हुन्छ ।

यसको उदाहरणमा–आधारभूत तहमा गणितीय सीप बिकासाका बाधाहरु ।तिम्रो स्वस्थ्य समस्या समाधान । आदिलाई लिन सकिन्छ ।

९. समग्र (nonlinear) सोच

गैर-रैखिक सोचले सोझो लाइनहरू वा क्रमिक रूपमा सोच्दैन। गैर-रैखिक सोचले असम्बन्धित अवधारणा वा विचारहरू बीच जोड्ने काम गर्छ । यसमा विभिन्न क्षेत्र वा पृष्ठभूमिबाट आएका उदाहरणहरूबाट निष्कर्ष निकालिन्छ। गैर-रैखिक विचारकहरू तिनीहरूको सोचाइमा अमूर्त हुन्छन्। तिनीहरू राम्रो कलाकार हुन जान्छन्। गैर-रैखिक सोचमा कल्पनाशक्तिसँग खेल्नुपर्छ । यो रचनात्मकताको नजिक छ ।

यसले ठूलो चित्र हेर्न र ठूलो प्रणालीको गठनको लागि विभिन्न घटकहरुको आपसमा कनेक्टिभिटिको पहिचानको क्षमतालाई बुझाउँछ । यसमा विचार प्रक्रियालाई एक दिशामा नभई बहु दिशामा विस्तार गर्नु हो, र प्रणालीलाई बुझेर यसका ढाँचाहरूलाई बुझ्ने गर्नुपर्छ ।

गैर-रैखिक सोचको उदाहरणमा ‘हाम्रो उत्पादन प्रयोग गर्ने बारे तपाईंलाई कस्तो लाग्छ?’ वा कुनै खास चीजले तपाईंको जीवनमा कसरी फरक पारेको छ? आदिलाई लिन सकिन्छ ।

बिचार अति बलवान् छ।बिचारमा विविधता कै कारण मानवको सुन्दरता पनि छ ।अलग सोचौँ । सफल बनौँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१