बलिउड सुपरस्टार सलमान खानको बहिनीको विवाह यसै महिनाको १६ तारिकमा हुने बताइएको छ । सबैले यो जान्न चाहेका छन कि यो विवाहमा को को सामेल हुनेछन ।
बताइए अनुसार यस विवाहका मुख्य अतिथि भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुने बताइएको छ । यसको लागि खान परिवार विशेष तयारीमा लागेको छ ।
सलमान खान र उनका पिता सलीम खानको नरेन्द्र मोदीसँग विशेष सम्बन्ध रहेको बताइन्छ । जसको कारण मोदी यो विवाहमा आएर वरबधुलाई विशेष आशिर्वाद दिनेमा उनीहरु ढुक्क छन ।
स्वयम सलिम कानले एक पत्रिकालाई बताए अनुसार उनी मोदीलाई विशेष निमन्त्रणा गर्न जाँदैछन । उनको निमन्त्रणालाई मोदीले स्विकार गर्ने विश्वासमा सलिम छन ।
केही महिना अघि मात्र सलमानले मोदीको साथमा चंगा उडाएका थिए । यसको अलावा मोदीको प्रधानमन्त्रीको सपथग्रहणमा पनि सलमान र सलिम दुबै जना उपस्थित रहेका थिए । अब यो हेर्न बाँकी छ मोदी अर्पिताको विवाहमा जान्छन कि जाँदैनन् ।
प्रतिक्रिया