कपन ह्यान्डबल-अधिकारी मोड सडक कालोपत्रे गर्न दवाव : स्थानीयले शुरु गरे “एक रुपैयाँ” अभियान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८०, सोमबार ०७:०२

काठमाण्डौ ।  बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ ह्यान्डबल ग्राउन्डदेखि अधिकारी मोडसम्मको सडक कालोपत्रे गर्न दवावका लागि स्थानीयहरुले एक रुपैयाँ संकलन अभियान शुरु गरेका छन्। लामो समयदेखी निर्माण शुरु भएर पनि सम्पन्न हुन् नसकेको नेपाल सरकारबाट बजेट व्यवस्थापन भएर निर्माण शुरु भएको उक्त सडक ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समय देखि अलपत्र परेको थियो।

कपन क्षेत्रको मुख्य सडकका रुपमा रहेको सो मार्ग निर्माण नहुँदा आवतजावत र यातायातमा निकै ठुलो अशर परेपछि स्थानीय वडा र जनताहरुले पटक पटक दवाव दिँदा पनि निर्माण सम्पन्न नभए पछि स्थानीयहरुको व्यंग्यात्मक अभियान शुरु गरेका हुन् ।
वडा कार्यालय मार्फत नगरपालिकालाई दवाव दिनको लागि शुरु गरिएको बताउदै स्थानीयबसी रामप्रसाद अधिकारीले वर्षौंदेखि उक्त सडक खण्ड कालोपत्रे नगरिएको कारण सवारी साधन गुड्दा धुलो उडेर बाटो हिंड्न र वरपरका घरहरूमा समेत निकै समस्या भोग्नुपरेको भन्दै दुख व्यक्त गरेका छन।
सोमवार वडा कार्यालय घेराउ गरि एक एक रुपैयाँ संकलन गरिएको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्थानीय समाजसेवी बद्री अधिकारीले जानकारी दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१