राष्ट्रपतिमाथि ओलीको आरोप : कांग्रेस बनेर जाजरकोट जानुभो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८०, आईतवार ०६:३६

काठमाडौं।  नेकपा एमाले अध्यक्ष एवं विपक्षी दलका नेता केपी शर्माले ओलीले जाजरकोट भूकम्पपीडितको उद्धार र राहत वितरणको सवालमा सरकारमाथि प्रश्न उठाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको समेत सार्वजनिक रुपमा आलोचना गरेका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए ।

राष्ट्रपति पौडेल जाजरकोटमा कांग्रेस बनेर गएको ओलीले आरोप लगाए । प्रधानमन्त्री, राष्ट्रपति र माओवादी नेताहरूको अनावश्यक अनुगमनले सेना तथा प्रहरी सुरक्षामा खट्दा उद्धार कार्य प्रभावित भएको उनको तर्क छ ।

माओवादी नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेकाले राष्ट्रपति पनि कांग्रेसको उपस्थिति जनाउन पुगेको आरोप लगाउँदै ओलीले भने, ‘उहाँ राष्ट्रपति बनेर जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’

ओलीले राष्ट्रपतिमाथि थप आरोप लगाउँदै भने, ‘उहाँको निष्पक्षताको त कुरै नगरौं। उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलाप देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन ।’

ओलीले २०८९ को उपनिर्वाचनमा कांग्रेसलाई भोट मागेर राष्ट्रपतिले आफ्नो पदीय मर्यादा बाहिरको गतिविधि गरेको दाबी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१