‘साथीहरू एक महिनाभन्दा बढी जाँदैन भन्थे, ११ महिना हुन लाग्यो प्रधानमन्त्री भइराखिएकै छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०८०, शनिबार ०६:५१

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार अरुले अड्कल काटेको समयभन्दा धेरै टिकेको भन्दै खुसी व्यक्त गरेका छन् ।

शुक्रबार तनहुँको आबुखैरनीमा अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बन्ने बेलामा धेरैले एक महिनाभन्दा पर नजाने अड्कल काटेको स्मरण गर्दै झण्डै ११ महिनादेखि प्रधानमन्त्रीनै रहेको बताए । उनले आफू कति दिन वा महिना भन्नेसँग सरोकार नरहेको भन्दै जति दिन पदमा रहिन्छ उतिदिनसम्म जनता र देशको सेवामा निरन्तर लाग्नेसमेत प्रतिबद्धता जनाए ।

‘सबैभन्दा थौरै समय प्रधानमन्त्री अटल बिहारी बाजपेयी १३ दिन भएका रहेछन्। १३ दिनमै छाड्न परेको रहेछ,’ शुक्रबार तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोही १५ दिन, कोही २० दिन प्रधानमन्त्री बनेका रहेछन्। साथीहरू भन्थे( एक महिनाभन्दा बढी तेरो जाँदैन। ठिकै छ, एक महिना राम्रो काम गर्ने कोसिस गर्छु, गर्दा गर्दै छाड्नु परेछ भने जनतामा जान्छु भनेको थिएँ। भन्दै जाँदा अहिले १० महिना, अब ११ महिना हुन लागिसक्यो, बाँचिराखिएको छ, प्रधानमन्त्री भइराखिएको छ।’

प्रधानमन्त्र दाहालले आफू नेतृत्वको बर्तमान सत्ता गठबन्धन आगामी ५ वर्षनै टिक्ने दाबीसमेत गरे । उनले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिनेवाला छैन । मानिसहरुले जुन भनेका छन्, त्यसको कुनै धरातल छ भन्ने मलाई लाग्दैन । गठबन्धनभित्रको युनिटी धेरै दह्रो छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१