मिलरको शतकमा दक्षिण अफ्रिकाले दियो अस्ट्रेलियालाई २१३ रनको लक्ष्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०८०, शुक्रबार ०७:५०

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियासामू २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन जोडेको हो ।

कोलकातास्थित इडेन गार्डेन मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निक्कै खराब सुरुवात गरेको थियो । उसले ८ ओभरको समाप्ती हुँदा मात्र १० रन जोडेर २ विकेट गुमाउँदा अस्ट्रेलियाका बलरहरु खेलमा पूर्णरुपमा हावी देखिएका थिए ।

अस्ट्रेलियाविरुद्ध धर्मराएको पालीलाई डेविड मिलरले सम्हालेका थिए । उनले १०१ रनको शतकीय पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरतर्फ अगाडी बढाएका थिए । ११६ बलको सामना गरेका उनले ८ चौका र ५ छक्का हिर्काएका थिए । यस्तै हिनरिच क्लिसिनले ४८ रन थपेको खेलमा जिराल्ड कोइटिजले १९ रन थपे भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्ट्रिक र पाट क्यूमिनिसले तीन तथा जोस ह्याजल्उड र ट्राभिस हिडले समान २ विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१