दसैँपछिको २० दिनमा काठमाडौं उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०८०, शुक्रबार ०७:४५

काठमाडौं । दसैँ सकिएपछि तिहारसम्म काठमाडौं उपत्यकामा विभिन्न दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ ।

कात्तिक ११ गतेदेखि कात्तिक २९ गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा भएका विभिन्न २६६ वटा दुर्घटनामा परेर पाँच जनाको मृत्युसँगै ३३० जना घाइते भएका काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेको हो भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको हो । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका प्रहरीको भनाई रहेको छ । यीमध्ये कतिपय घटनामाथि अहिले पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१