नेतृत्वले गर्ने गलत निर्णयको भारी पार्टीले बोक्दैन : महामन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८०, बिहीबार ०७:०९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्रीहरुको बन्द कोठाको बैठकमा हुने सम्झौतालाई पार्टीहरुबीचको सहमति मान्न नसकिने बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै पार्टी प्रमुखहरू बसेर गर्ने हरेक निर्णय र सम्झौताको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् ।

‘प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन’ उनले उल्ेलेख गरेका छन् ।

साथै थापाले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने कामविरुद्ध आफूहरु सधै विरोधमा उत्रने समेत बताएका छन् । उनले भनेका छन्, ‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं। हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१