एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित

evccfn@gmail.com' rastriyakhabar
२५ कार्तिक २०८०, शनिबार १०:१२

काठमाडौं । सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित भएका छन्।

शुक्रबार फोकस नेपालले राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठुलो महान चाड तिहारको अवसरमा शुभकामना विशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको उपस्थितिमा केसी सम्मानित भएका हुन।

चितवनमा जन्मिएर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएका केसी विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।

नेपालीहरुका समस्यामा हरदम साथ दिदै एनआरएनए अभियानमा करिब दुई दशकदेखि सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका छन केसी ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएत एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प,नाकाबन्दी महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा गणेश केसीको सक्रिय रहदै आएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१