स्वास्थ्य क्षेत्रमा नगरले गरेकाे राम्रो कामकाे खराव तत्वहरूले विरोध गरे: नगर प्रमुख रिसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०८०, शनिबार ०७:१९

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले स्वास्थ्य क्षेत्रमा नगरले गरिरहेको कामबारे विरोधी तत्वले नकारात्मक भ्रम छरेकाे बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत गोकर्णेश्वर नगरपालिकाकको स्वास्थ्य क्षेत्रका  बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेका छन् बताएका हुन । यस्ता नकारात्मक भ्रमले सोझा, गरिब, दुखि जनताको स्वास्थ्य सेवाको खिसी टिउरी समेत गरेकाे बताए | उहाले केही व्यक्तिहरु नगरपालिकालाई बदनियत पुर्वक सामाजिक सञ्जालमामा नगरपालिकाले नगरको स्वास्थ क्षेत्र सुधारका लागि गरेको कार्यको विरोधमा अर्नगल प्रचारमा लागेको बताउनुभएको छ ।

उनले भनेका छन् ” सरकारी त्यही पनि नगरले चलाएको अस्पतालको उपलब्धि देखि नसक्ने, सरकारी संस्थालाई टिकाउन नखोज्ने , सरकारी संस्थाले गरेको प्रगतिलाई हेर्न नचाहने, नगरपालिकाको काम मन नपराउनेहरुलाई सत्य तथ्यको आधारमा बोल्ने र लेख्ने समेत अनुरोध गरेका छन् |

साथै उनले प्रश्न समेत गरेका छन्
के यो सेवालाई फोगटको सेवा मान्ने ?
के यो सेवा बिना उपलब्धिको सेवा हो ?
के यो सेवा जनताले रहरले वा कसैको कहरले लिएका हुन ?
अनि यतिको जनतामुखी सेवा दिदा दिदै पनि बिरोध गर्नेहरुलाई गोकर्णेश्वर नगरपालिका भित्रका जनताले मुल्यांकन गर्ने छन् भनेका छन् ।

साथै जतिनै बिरोध गरे पनि जनताको स्वास्थ्य सेवामा कुनै पनि कमि हुन नदिन निरन्तर लागि रहने र सुरुवाती अबस्थामा रहेकोले अझै याे भन्दा बढी गुणस्तरीय सेवा दिनको लागि सदैब तत्पर गरेको बताएका छन्

स्वास्थ्य बिमा बोर्ड बाट भुक्तानी आएको रकम लगभग ५१ लाख रहेको छ । भुक्तानी आउने बाँकि रकम १ करोड २५ लाख लगभग रहेको छ, जुन रकम भुक्तानीको प्रक्रियामा रहेको जनाइएको छ ।

नगरबाट कतिले लिए स्वास्थ्य सुविधा ?

No description available.No description available.No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१