भुकम्प पिडितलाई सहयोग गर्न अध्यक्ष अधिकारीको नेतृत्वमा बुढानीलकण्ठ स्काउट टोलि जाजरकोट प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०८०, शुक्रबार ०६:२८

बुढानीलकण्ठ । जाजरकोट जिल्लामा गएको भूकम्प पिडितको सहयोगका लागि बुढानीलकण्ठ नगरपालिका स्काउटको टोलि सो स्थान तर्फ प्रस्थान गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको नेतृत्वमा जाजरकोट जाने टोलीको नगरपालिकाले विदाई गरेको छ ।

जाजरकोटमा पुगेर उद्दार ,राहत वितरण तथा अन्य सहयोगका लागि स्वयंसेवा गर्न बुढानीलकण्ठ नगरपालिकाबाट जाने टोलीमा ७ सदस्य रहेका छन् ।

उक्त टोलीलाई नगरपालिकाका प्रमुख सहितको टोलीले विदाई गर्दै विपदको समयमा सेवा गर्नका लागि आग्रह गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिवाद्दता समेत व्यक्त गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिकाबाट भूकम्प प्रभावित स्थलमा वडा अध्यक्ष अधिकारी सहित अङ्गुर पौडेल ,राजकुमार खड्का,स्वस्तिक कार्की ,हिमाल चौलागाई ,रोसन श्रेष्ठ ,प्रविण घिमिरे र युवराज पन्थीको टोलि गएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१