साईबर क्राईममा पक्राउ परेका मनोज मानव उर्फ मनोज महत्तो लाई सात दिन म्याद थप गरि कार्बाही अगाडी बढाईयो

evccfn@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८०, बिहीबार १५:२७

काठमाडौं । आफ्नो चरित्र हत्या गर्ने उदेश्यले परिचालित गिरोहबाट यस्ता भिडियोहरु बनाएर बार्गेनिङ गर्ने र कुरा नमिले पछि प्रशारण गरेर सामाजिक रुपमा समेत गिराउन लागि परेको आरोपमा महिला नेतृ शोभा पाठकको उजुरीले नेपाल प्रहरीको साइबर ब्युरोले मानवलाई पक्राउ गरि आवश्यक कानुनी प्रकृया अगाडी बढाएको श्रोतले बताएको छ ।
मानवलाई प्रहरी अनुसन्धानको लागि भन्दै जिल्ला अदालत काठमााडौं बाट सात दि म्याद थप गरि कार्बाही प्रकृया अगाडी बढाईको नेपाल प्रहरी साईबर ब्युरोले सार्वजानिक गरेको छ ।
स्टार अनलाईन टिभिका सन्चालक मनोज मानव पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चामा आएका मिडियाकर्मी हुन ।
नेतृ शोभा पाठकले मानवले आफुलाई पटक पटक फोनमा धम्क्याएको भन्दै सहनै नसक्ने अवस्थामा पुगेपछि आफु कानुनी उपचार खोज्न बाध्य भएको आफ्नो आधिकारीक फेसबुक वालमा समेत लेख्नु भएको छ ।
पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या गर्ने गरि भिडियो ईडिट गरेर सामाजिक सन्जालमा प्रशारण गरेको आरोप लागेको छ ।
एमाले नेता महेश बस्नेत संगको बार्गेनिङ गरेको जस्तो सुनिने अडियो सामाजिक सन्जालमा आए पछि मिडियाकर्मी मानवले सो घटनामा आरोपित महिला लाई समेत फोनमा तथानाम गालि गरेको र छाडा बोलेको अडियो बाहिरिएको छ ।
नेता बस्नेत संग गरिएको कुराकानिमा आफुले चाहेमा माथि उठाउन र तलझार्न सक्ने भन्दै बार्गेनिङ गरिएको तथा शोभापाठक संगको कुराकानिमा मुख छाडेको अडियो सरराईज खबरले प्रशारण गरेको छ ।
पत्रकारीता र मिडियाको नाममा यसरी सामाजिक स्थितिलाई खलबल्याउने उदेश्य बोकेर आएका जो कोहि भए पनि नछोड्ने भन्दै नेतृ पाठकले आफुलाई बदनाम गराउन लागि परिरहेकाहरुलाई आरोप पुष्टि गरेर देखाउन चुनौति दिनु भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१