तिहारको उज्यालो बजार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८०, बिहीबार ०६:१९

काठमाडौँ।  फूल र बत्तीको उज्यालो पर्व तिहार सन्निकट आइरहँदा बजारमा उपभोक्ताको चहलपहल शुरु भएको छ । काठमाडौंको प्रमुख व्यापारिक थलो असन, भोटाहिटी, महाबौद्धमा तिहारका लागि मालसामान किन्नेहरुको भीड लाग्न थालेको छ ।

यो क्षेत्र थोक व्यापारको केन्द्र रहेकाले पनि देशभरिका बजारमा सामान पठाउन थोक व्यापारीलाई भ्याइनभ्याई छ । खासगरी रंगीचंगी बत्तीका पसलमा भीडभाड देखिन्छ ।

यसपटक दशैं कात्तिकमा परेका कारण तिहार महिनाको अन्त्यतिर धकेलिँदा सयपत्री, मखमली फूलका कृषक भने मारमा परेका छन् । यद्यपि फूलको आन्तरिक उत्पादनबाटै तिहार मनाउन सकिने फूल व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१