बुढानिलकण्ठ नगरपालिकामा स्थानीय उत्पादन : २५ गते “हाटबजार” विशेष समारोह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८०, बुधबार ०७:०२

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिकाले स्थानीय तथा रैथाने उत्पादनहरुलाई प्रवर्धन गर्नका लागि हरेक शनिवार संचालन गर्दै आएको “हाटबजार” लाई थप प्रचार तथा विस्तार गर्नका लागि विशेष समारोह गर्ने भएको छ।

प्रत्येक शनिवार नगरपालिका भवनको प्रांगणमा बिहान ७ बजेदेखि ११ बजे सम्म संचालन हुदै आएको “हाटबजार” मा नगरपालिकामा उत्पादन भएका तरकारी,मौलिक खाध्यान,दुग्धसामाग्री सहित विभिन्न उत्पादनहरु विक्री हुदै आएका छन।

नगरपालिकाका स्थानीय किशानहरुको उत्पादनलाई बजारीकरण गर्नका लागि शुरु गरिएको हाटबजारको प्रवर्धनका लागि कार्तिक २५ गते विशेष समारोह गर्ने नगरपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१