संविधान र व्यवस्थाप्रति सबै दलहरु प्रतिवद्धर रहे : प्रधानमन्त्री दाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८०, बुधबार ०६:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलहरुबाट प्रतिवद्धता व्यक्त भएको बताएका छन् ।  १२ बुँदे पक्षधर दलहरुको बैठकबाट बाहिरिने क्रममा उनले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक भएको र संविधान र व्यवस्थाप्रति सबै दलहरु प्रतिवद्धर रहेको बताएका हुन् ।

‘यो अलि विशेष बैठकनै हो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक थियो । यो बैठकमा एउटा राम्रो र खुसीको कुरा के भयो भने– संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटैखालको प्रतिवद्धता व्यक्त भयो,’– उनले भने ।

यस्तो प्रकारको बैठकको आयोजना पहिलो चोटी भएको उनले बताए । यस्ता प्रकारका समीक्षात्मक बैठकलाई निरन्तरता दिनुपर्छ भन्नेमा दलहरुबीच समझदारी बनेको पनि उनले बताए ।

यो बैठक कसैप्रति त्रास भएर नगरिएको उनको भनाई छ । ‘समय आएको छ, सामान्य समीक्षा गरौं’ भनेर बैठक गरिएको उनले बताए । आफूहरु कसैसँग नतर्सिएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१