समाजसेवी शर्माको नेतृत्व र बस्नेतको सम्लग्नतामा जाजरकोट भुकम्प पिडितलाई १५ घर बनाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०८०, मंगलवार ०६:५७

काठमाडौं । समाजसेवी शान्त शर्माको नेतृत्व र गायक तिलक बस्नेत समेतको सम्लग्नतामा जाजरकोट भुकम्प पिडितका लागि १५ वटा घर बनाइने भएको छ । शर्माले  घर निर्माणका लागि ५० हजार रुपैयाँ, उनकी छोरी एन्जेलिना अर्यालले ५० हजार र गायक तिलक बस्नेतले ५० हजार रुपैयाँ जम्म गरेर रकम संकलन सुरु गरेका छन ।

यो पबित्र अभियानमा आर्थिक साथै श्रमदान गर्न चाहनेलाई ढाेका खुल्ला रहेको शर्माले बताउनुभयो । सरकारसँग समन्वय गरि भुकम्प प्रतिरोधी घर बनाउने जनाइएको छ । साथै परिवार सदस्यको संख्या हेरेर आवश्यकता अनुसारको घर बनाइने शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१