संसदीय दलको नेताबाट उद्धव थापाले दिएको राजीनामा अस्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०८०, मंगलवार ०६:४९

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । कांग्रेसको आज बसेको प्रदेश संसदीय दलको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गरेको हो ।

थापाले मुख्यमन्त्रीमा केदार कार्कीले पार्टीबाट विद्रोह गरेपछि राजीनानमा दिएका थिए । असोज २७ गते पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताएका थिए ।

कांग्रेस र माओवादीसहितका दलहरुले इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको थियो । तर केदारले एमालेसँग मिलेर सरकार बनाएपछि थापाले नैतिकताको आधारमा राजीनामा दिएक थिए । यद्यपि उक्त राजीनामा स्वीकृत भने भएको थिएन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१