प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रले भूकम्प पीडितलाई ५० लाख दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८०, सोमबार ०६:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको राहत र पूनर्निमाणको लागि ५० लाख दिने निर्णय गरेको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । यसअघि नेपाली कांग्रेसले पनि पीडितहरुको राहत र पूननिर्माणको लागि ५० लाख दिने निर्णय गरिसकेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० लाख दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१