राति किन नङ काट्नु हुँदैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८०, सोमबार ०६:३०

काठमाडौँ।  राति नङ काट्नु हुँदैन यो भनाइ तपाइले पनि सुन्नु भएको होला । घरमा भएका बुढापाकाहरूले यसै गरी राति नङ काट्नु हुँदैन भनेर भन्ने गर्छन् ।

पहिलाको समयमा घरमा कुनै प्रकारको बिजुली थिएन र सूर्यको प्रकाश नै सबै कुरा थियो । यसका साथै घरमा अहिलेको जस्तो नेल कटर पनि हुँदैनथ्यो त्यो बेला मानिसहरूले आफ्नो नङ चक्कु अथवा छुरीले काट्ने गर्दथे । त्यस कारण त्यस बेला राति अध्याँरोमा नङ काट्दा औँलामा कुनै पनि प्रकारको हानी पुग्छ भन्ने मान्यता थियो ।

धर्म ग्रन्थका अनुसार केही बार नङ काट्न बन्देज पनि गरिएको पाइन्छ । जसमा मंगलबार, बिहीबार र शनिबार नङ काट्नु हुँदैन भनिएको छ । यी बार नङ काट्दा परिवारमा मन मनमुटाब बढ्ने, शरीरमा रक्त नाली सम्बन्धी समस्या बढेर जाने, पेट सम्बन्धी समस्या समेत बढेर जाने विश्वास गरिन्छ ।

शनिबार नङ काट्दा आयु घटेर जान्छ भन्ने विश्वास रही आएको छ । साथै यसो गर्दा धर्म दरिद्रता समेत बढेर जान सक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१