भगौडा पक्राउ गर्न क्यानाडाले चीनलाई सहयोग गर्ने गरेको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८०, सोमबार ०६:२५

टोरन्टो।  चीनबाट भागेर आएकाहरुलाई पक्राउ गर्नका लागि क्यानाडाले चीनलाई सहयोग गर्दै आएको पाइएको छ ।

क्यानाडा ब्रोडकास्टिङ कर्पोरेशन (सीबीसी) ले जारी गरेको खोजमूलक रिपोर्टमा चीनबाट भागेर क्यानाडा आएकाहरुलाई चीनतर्फ फर्काउनका लागि क्यानाडाका कानून कार्यान्वयन एकाईहरुले मद्दत गर्ने गरेको उल्लेख छ ।

क्यानाडाको ब्रिटिश कोलम्बियामा शाही माउन्टेड प्रहरीका पूर्वअधिकारी काल्भिन क्रुस्टीले एक अन्तरवार्तामा चिनियाँहरुलाई पक्राउ गर्नका लागि चिनियाँ अधिकारीहरुसँग समन्वय गर्नका लागि आफूलाई ‘उच्च तह’ बाट निर्देशन आएका बताएका छन् ।

उनले भ्यान्कुभर क्षेत्रमा रहेका उच्च चिनियाँलाई पक्राउ गर्नका लागि चिनियाँ अधिकारीलाई ‘सहयोग गर्न एवम् समन्वय गर्न’ निर्देशन प्राप्त भएको जनाएका हुन् ।

यद्यपि उनले आफूले चिनियाँ अधिकारीहरुसँग छलफल गर्न अस्वीकार गरेका बताए । यसबारे क्यानाडाका जनसुरक्षामन्त्री डोमिनिक लेब्लांकले टिप्पणी गर्न नचाहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१