ग्रीन सिटी अस्पतालका अध्यक्ष एल.बि.टण्डन द्वारा क्रिकेट खेलाडीहरुलाई एकलाख रुपैयाँ पुरस्कार वितरण

evccfn@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८०, आईतवार १८:४१

काठमाडौं । ग्रीन सिटी अस्पतालका अध्यक्ष,चक्रपथ सरसफाइ महाअभियानका संयोजक तथा समाजसेवी लोक बहादुर टण्डनले आई सि सि टि ट्वान्टी विश्वकपमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ नगद रकम हस्तान्तरण गर्नु भएको छ ।
आज किर्तीपुरको त्रिकेट मैदानमा भएको आई सि सि टि ट्वान्टी एसियाकपको फाईनल खेलमा ओमन संग सुपर ओभरमा हारेर दोस्रो स्थानहासिल गरेको नेपाली क्रिकेट टिमलाई आई सि सि टि ट्वान्टी विश्वकप २८२४मा प्रवेश गर्न सफल भएकोमा आफ्नो ब्यक्तिगत तर्फबाट यो रकम हस्तान्तरण गरेको समाजसेवी लोक बहादुर टण्डनले बताउनु भयो ।
नेपालको क्रिकेटक्षेत्रलाई विश्वसामु चिनाउन निकै मेहनेत गरेका खेलाडीहरुलाई थोरै भएपनि राहत होस् भन्ने यो रकम हस्तान्तरण गरेको र यस्ता सहयोगहरुले खेल क्षेत्रमा लाग्न खोजेका नयाँ खेलाडीहरुलाई समेत आशा जाग्दै बिश्वसामु नेपालको नाम उच्चबनाउन थप प्रेरणा मिल्ने टण्डनको भनाई रहेको थियो ।
आई सि सि टि ट्वान्टी एसियाकपको सेमीफाईनल खेलमा यु ए ई लाई जितेर आई सि सि टि ट्वान्टी विश्वकप २०२४मा प्रवेश गर्न सफलभएकै दिन टण्डनले यो रकम प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।
नेपालमा खेलाडीहरुको भविश्य छैन भन्ने हल्लाहरुलाई निराधार सावित गर्दै पछिल्लो समय खेल क्षेत्रबाटै जिवन निर्वाह मात्र नभएर राम्रै आम्दानि समेत गर्न सकिने अवस्था भएकोमा अध्यक्ष टण्डनले खुसी समेत ब्यक्त गर्नुभएको छ ।
क्यानका पदाधिकारी तथा टिम क्याप्टेन र खेलाडीहरुको बिचमा सो सहयोग हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा गायक तथा समाजसेवी तिलक बस्नेत, समाजसेवी तथा ब्यवसायी शान्त शर्मा र मिडियाकर्मी हरुको समेत उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरण गरेकोमा अध्यक्ष टण्डनलाई क्यानका पदाधिकारी हरुबाट धन्यवाद समेत ज्ञापन गरिएको थियो ।
अन्य बिभिन्न सामाजिक अभियान तथा गरिब र अशक्तहरुको निशुल्क उपचारामा सहयोग गर्दै आउनुभएका टण्डनले खेल क्षेत्रमा यो पहिलोपटक सहयोगको हात अगाडी बढाउनु भएको हो ।
राष्ट्रिय स्तरका खेलाडीहरुलाई आफु अध्यक्षरहेको ग्रीन सिटी अस्पतालमा उपचार गराउन आए बिशेष छुटको ब्यवस्था सम्म गर्न आफु तयार रहेको अध्यक्ष टण्डनले बताउनु भयो ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१