गोकर्णेश्वर नगरपालिकाद्वारा जाजरकोट भूकम्प पीडितका लागि पाँच लाख आर्थिक सहयोगको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८०, आईतवार ०६:४४

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा जाजरकोट भूकम्पबाट पीडितका भएकाहरुका लागि पाँच लाख आर्थिक सहयोग घोषणा गरेको छ।

नगर प्रमुख दीपककुमार रिसालले भूकम्प पीडितको सहयोगका लागि उक्त रकम नगरले सहयोग गर्ने घोषणा गरेको जानकारी दिए।

जाजरकोट जिल्ला रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौ घाइते भएको घटनाले सारा नेपालीलाई मर्माहत र दुखी बनाएको घडीमा भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि काठमाडौं गोकर्णेश्वर नगरपालिकाले रु ५,००,००० /- (पाँच लाख) उपलब्ध गराउने निर्णय गरेको छ ।

भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा सयौंको मृत्यु, सयौं घाइते र भौतिक संरचना घरहरु भत्किएकोमा दुख व्यक्तसमेत गर्दै घाइतेको तत्काल उपचार व्यवस्थापन गर्नसमेत सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१