सधै स्वस्थ्य र जवान रहन पालना गरौं यी १६ नियम !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०८०, शनिबार ०७:२४

काठमाडौं । कुनैपनि बाटो हिँड्नका लागि त्यहाँसम्म पुग्नुपर्ने नियम पालना गर्नुपर्ने हुन्छ । त्यस्तै स्वास्थ्य पनि मानव जीवन रहँदासम्म मानिसले जीवन सहज बनाउन धेरै नियमहरुको पालना गर्नुपर्छ । त्यसमा व्यक्ति स्वयम्ले स्वास्थ्यमा ध्यान दिइएन भने र स्वास्थ्य सम्बन्धी नियम पालना गरिएन भने त्यसले जीवनभरी नै जटिल समस्या ल्याउने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

आउनुहोस् सधै स्वस्थ्य रहन अपनाऔं यी १६ नियम

१-खानामा मिलेसम्म सिदेनुन (हिमालयन साल्ट) को प्रयोग गरौं ।

२-रातीको खाना खाएपछि झण्डै पाँचसय पाइलासम्म हिँड्ने गरौं । स्वास्थ्य विज्ञका अनुसार यसो गर्नाले ग्याष्टिकको समस्या हराउने र वजन पनि कम हुन्छ । यसले निद लाग्न सघाउँछ ।

३-खाना खाएको आधा वा एक घण्टापछि पानी पिउने गर्नुहोस् । खाना खानासाथ पानी पिउँदा पाचन शक्ति कमजोर हुने, पेट बढ्ने तथा मोटोपन पनि बढ्दछ ।

४- स्वस्थ्य जीवनका लागि दिनमा तीनदेखि चार लिटर पानी पिउन जरुरी हुन्छ । यसले पेटसम्बन्धी धेरै प्रकारका विमार लाग्नबाट बचाउँछ ।

५-बिहान उठ्नासाथ मनतातो पानी पिउनु लाभदायक हुन्छ । साथै चिसो पानीले मुख धुँदा आँखाको रोशनी बढ्दछ ।

६- खाना पकाउदाँ रिफाइन्ड तेल भन्दा पनि घिउँ, वा तोरीको तेल प्रयोग गर्नु उचित हुन्छ । रिफाइन्ड तेल धेरै केमिकल प्रोसेसका कारण बन्ने हुनाले स्वस्थ्यका लागि राम्रो मानिदैन ।

७ -खानामा विभिन्न प्रकारका तरकारी र सलाद समावेश गर्नु फाइदाजनक हुन्छ । यस्ता खानेकुरामा भिटामीन, मिनरल्स पाइन्छ ।

८-दैनिक जीवनमा चिनी, नुन, मैदा लगायतका खानेकुरा कम गर्नु नै उचित हुन्छ । यी खानेकुरामा बढी क्यालोरी पाइने र फाइबर कम हुने हुनाले यसको बढी प्रयोगले कब्जियत, मोटोपन लगायतका समस्या उत्पन्न हुन्छन् ।

९-रातीको खानामा सकेसक्म राजमा, दही र भात नखाएकै राम्रो । आयुर्वेदका अनुसार रातमा यस्तो खानेकुरा खाँदा ग्याष्टिक र मोटोपन बढ्ने समस्या हुन्छ । यी खानेकुरा दिउँसोमा खाँदा उत्तम हुने स्वास्थ्यविज्ञ बताउँछन् ।

१०- नेपाली समाजमा बिहानीको सुरुवात चिया र कफीबाटै हुन्छ । तर, पनि स्वास्थ्य विज्ञले बिहान खालीपेट चिया कफी नपिउन सुझाव दिन्छन् । खाली पेटमा चियाँ र कफी पिउनाले पेटमा एसिड बढ्ने र भोक कम कम लाग्दछ । यदि चिया कफी पिउनु नै छ भने पहिले केही नास्ता खाएर पिउनु राम्रो हुने बताइन्छ ।

११ -रातीको खाना हल्का खानु राम्रो हुन्छ । रातिको समयमा अन्य कुनै काम नहुने र शारीरिक कसरत पनि कम हुने हुनाले धेरै खाना खाँदा सुगर, मोटोपन, हृदयघात लगायतका समस्या बढ्दछ ।

१२- सम्भव भएसम्म दिनहुँ एउटा स्याउ खानु अति उत्तम हुन्छ । यसले धेरै विमारबाट लाग्न जोगाउँछ ।

१३ -दिनमा कम्तिमा १० हजार पाइला हिँड्नु जरुरी हुन्छ । सुरुवाती समयमा १० हजार पाइला हिँडन सक्नु भएन भने पनि पाँचहजार पाइलाबाट विस्तारै बढाउन सकिन्छ ।

१४ -दिनहुँ एक गीलास कागती पानी पिउने गर्नुहोस् । कागती पानीले विशेष गरी मोटोपन घटाउन सहयोग गर्दछ । कागती भिटामीन सीको श्रोत हुनाले यसले एम्युनिटी बढाउन पनि सहयोग गर्दछ ।

१५- दिउँसको खाना खानुभन्दा आधा घण्टा पहिले केही सलाद खानु फाइदाजनक हुन्छ । सलाद रातमा भन्दा दिनको खाना अगाडि खाँदा उत्तम हुने स्वास्थ्यविज्ञ बताउँछन् । यसले सुगर कन्ट्रोल गर्ने, पाँचन क्षमता बढ्ने, मोटोपन घटाउने लगायतमा सहयोग गर्दछ ।

१६ -पानी पिउँदा जहिले पनि विस्तारै र थोरै थोरै गरेर पिउनु पर्दछ । पानी उठेर भन्दा पनि बसेर पिउनु लाभदायक हुन्छ । साथै चिसो भन्दा पनि मनतातो पानी पिउनु स्वास्थ्यवद्र्वक हुन्छ । तपाईले मनतातो पानी पिउने बानी बसाल्नु भयो भने यसले पेटको समस्या हटाउने र कोलेस्ट्रोल घटाउन पनि सहयोग गर्दछ । साथै मोटोपन पनि घट्दछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१