भूकम्प अपडेटः घाईतेहरुलाई अस्पताल लैजाने क्रम जारी छ–सिडीओ,सुरेश सुनार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०८०, शनिबार ०७:११

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी सदरमुकाम खलंगा आसपासका केही घरहरु भत्किएर केही मानिसहरु घाईते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सिडीओ ) सुरेश सुनारका अनुसार जिल्ला सदरमुकाम आसपासका केही घरहरु भत्किएका कारण केही मानिसहरु घाईते भएको र उनीहरुलाई अस्पताल पुर्याइएको छ ।

‘सदरमुकाम आसपासका क्षेत्रमा घरहरु भत्किएका छन् । कतिपय घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । बाहिरका पालिकाहरुमा सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’ संसारन्युजसँग सिडिओ सुनारले भने ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले सदरमुकाम आसपासका धेरैजसो पुराना घरहरु भत्किएको र आफुहरु उद्धार कार्यमै जुटेको जानकारी दिएका छन् ।

 

‘हामी उद्वार कार्यमा जुटिरहेका छौं । हामी सबै उद्धारमा छौं । बजारमा भएका पुराना घरहरु भत्किएका छन् । भत्किएका घरहरुमा मानिसहरु परेका छन् कि भनेर उद्धार कार्यमै छौं ।’ डिएसपी रोकाले संसारन्युजसँग भने ।

सुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको उक्त भूकम्प जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर गएको हो ।

उक्त भूकम्पको धक्का काठमाडौं, पोखरा, पाल्पा, नेपालगन्ज लगायतका सबै जिल्लामा महसुस गरिएको थियो ।

अपडेट: जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१