जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०८०, शनिबार ०६:५४

काठमाडौं।  जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् ।

‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

मध्यरातको घटना भएकाले क्षति बढी भएको अनुमान गरिएको छ । घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् ।

भूकम्पको प्रभाव जाजरकोट र रुकुम पश्चिमा बढी देखिएको छ । यसको झड्काभने काठमाडौंसम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१