देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हुँदैछः प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०८०, शुक्रबार ०६:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई द्वन्द्वमा फसाउन परिवर्तनका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।  बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गणतन्त्रका पक्षधरहरु व्यवस्थाको रक्षा, र सुदृढीकरणका निम्ति दृढता साथ लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हुँदैछ। त्यसमा प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

उक्त षड्यन्त्रको गणतन्त्र पक्षधर र १२ बुँदेका पक्षधर दलहरुले एक ठाउँमा उभिएर जवाफ दिने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१