देउवा र ओलीसँग समझदारी बनेको प्रधानमन्त्री प्रचण्डको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०८०, बिहीबार ०६:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायको सन्दर्भमा तीन दलबीच समझदारी बनेको बताएका छन् ।

बुधबार एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान समारोहमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउने सन्दर्भमा समझदारी बनेको बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगिने उनको भनाई छ ।

दाहालले आफूहरुले जहिल्यैपनि नेपालका दलहरुलाई एकै ठाउँमा ल्याउन पहल गरेको दाबी गरे । उनले पछिल्लो समय दलहरुबीच विश्वासको वातावरण बन्दै गएको समेत बताए ।

‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।

संक्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्याउँदा पीडितहरुलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तराष्ट्रिय मान्यतालाई समेत आत्मसात गरिने उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१