बुढानिलकण्ठमा आज पनि सहुलियत सहितको घुम्ती बजार संचालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०८०, बुधबार ०६:५०

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा बुढानीलकण्ठ नगरपालिकामा घुम्ती सेवा मार्फत खाद्यान्न सामाग्रि बिक्रि वितरण भएको छ ।

चाडवाड लक्षित गर्दै साल्ट ट्रेडिङको सुपथ मुल्य घुम्ती सेवा मंगलबार  बुढानीलकण्ठ कार्यालय परिसरमा आएको हो ।घुम्ती सेवामा चामल, नुन, चिनि, तेल, घिउ, पिठो, गेडागुडी लगायतका खाद्य सामाग्रीहरु सुपथ मुल्यमा बिक्रि भएको थियो ।
घुम्ती बजारमा ९ बोरा चिनि (प्रति व्यक्तिलाई २ के.जि. ), नुन ३ बोरा, चामल २० बोरा, सनफ्लावर तेल ८ कार्टुन, तोरिको तेल ४ कार्टुन, चिउरा २० पाकेट र पिठो ५० के.जि. बिक्रि भएको साल्ट ट्रेडिङले जनाएको छ ।

आज पनि संचालन हुने नगरपालिकाले जानकारी दिएको छ । बजार बिहान १२ः०० बजे देखि बेलुकी ४ः०० बजे सम्म संचालन हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१